मनोनयन दर्ता सुरु : ६ जिल्लामा कांग्रेसको उम्मेदवार टुंगो लागेन

<span class='c1'>मनोनयन दर्ता सुरु : ६</span> <span class='c2'>जिल्लामा कांग्रेसको उम्मेदवार टुंगो लागेन</span>

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ताको समय सुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवारमात्र तय गर्न सकेको छैन । कांग्रेस प्रदेश एकका उपसभापति रमेशजंग रायमाझीका अनुसार चौध जिल्लामध्ये पहाडी छ जिल्लामा उमेदवार तय गर्ने काम भईरहेको जानकारी दिए । “ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, धनकुटा र तेह्रथुम जिल्लाका उमेदवार तय भईसकेका छन्,” उनले भने,“अब आज फेरि बैठक बसेर बाँक जिल्लाका स्थानीय तहको उमेदवार टुंगो लगाउँदै छौं ।” धेरै स्थानीय तहको विषयमा कांग्रेसको प्रदेश समितिलाई ‘डकुमेन्ट’ नै प्राप्त नहुँदा छलफल अघि बढाउन र उमेदवार चयन गर्न समस्या भएको रायमाझीको भनाई छ ।

उमदेवार बन्नेहरुको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म पठाउनु पर्ने प्रावधान छन् । “तर, सिफारिस भएको भनि तल्लो तहबाट औपचारिक सिफारिस पत्र र जानकारी प्राप्त भएको छैन”, रायमाझीले सुनाए ।

नेपाली कांग्रेसले केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयर/उपमेयरको उमेदवारको टुंगो लगाउँछ । तर, त्यस बाहेक भने प्रदेशले सिफारिस गर्छ । प्रदेश एकमा एक सय ३७ स्थानीय तह छन् ।

ती तहहरुमा कांग्रेससहितका दलले गठबन्धन गर्ने निर्णयका कारण पनि कतिपय पालिकामा उमेदवार चयन हुन सकेका छैनन् । कांग्रेस प्रदेश समितिले राजनीतिक रुपले महत्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका उमेदवार छान्ने विषयमा छलफल नै शुरु गरेको छैन । कतिपय पालिकाहरुमा कांग्रेसको स्थानीय समितिले गठबन्धनको विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्