मनोनयन दर्ता सुरु, विराटनगरको तीन वडामा ६ जनाको उम्मेद्वारी

मनोनयन दर्ता सुरु, विराटनगरको तीन वडामा ६ जनाको उम्मेद्वारी

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका ३ वडामा ६ जनाको उम्मेदवारी परेको छ ।

आईतबार दिउँसो १२ बजेसम्म ३ वडाध्यक्ष र ३ जना सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचन अघि नेकपा एमालेमा आबद्ध रहेका उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए । बैशाख ३० गते हुने निर्वाचनमा पनि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । वडा नम्बर १० को खुला सदस्यमा मोहनप्रसाद साह र विरेन्द्र बहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै विराटनगर ९ को अध्यक्षमा नेपाल सदभावना पार्टीको तर्फबाट किशोरकुमार कलवार र खुला सदस्यमा गणेशकुमार मोदीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नं. ८ को अध्यक्षमा फुल मोहम्मदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगरको प्रमुख पदमा भने हालसम्म पनि सत्तारुढ गठबन्धन र नेकपा एमाले दुवैले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छैनन् । अन्तिम क्षणमा एमालेको तर्फबाट केन्द्रिय सदस्य गुरु बरालको दाबी परेपछि उम्मेदवार टुंगो लगाउन सकस भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्