विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय

विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय

विराटनगर बैशाख ११,

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गरेको हो । विवेकशील साझाबाट उपमेयरमा भने अहिले सम्म कुनै निर्णय भएको छैन ।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ्ग क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्