विराटनगरको मेयरमा नेपाली काँग्रेसबाट नागेश कोइराला

विराटनगरको मेयरमा नेपाली काँग्रेसबाट नागेश कोइराला

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएसँगै उनको स्वागतमा विराटनगरका काँग्रेस कार्यकर्ता तयार भएका छन् ।

मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबी थियो । तीमध्ये अर्याल बढी संभावित उमेदवार मानिएका थिए । सभापति देउवा पक्षका अर्याललाई पछि अवसरमा जोड्ने गरि मनाएर नेता शेखर कोइराला पक्षधर नागेशलाई टिकट दिइएको हो ।

अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । वर्तमान मेयर पराजुलीलाई २०७४ सालमा डा.शेखरको पहलमा टिकट दिइएको थियो । अहिले नेता कृष्ण सिटौला अडान भरपर्दो नहुँदा पराजुली दोहोरिन सकेनन् । नेपाली काँग्रेस महानगरका सभापति दिपक चापागाँईले १२ बजे विराटनगर आउने नागेशलाई स्वागत गर्ने तयारी भईरहेको बताएका छन् । चापागाँईले महानगरबाट एक नम्बरमा नाम राखेर कोइरालालाई सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्