विराटनगर । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा विभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रु.८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।