विराटनगरमा जसपामा तिव्र असन्तुष्टि, दैनिक पार्टी छोड्दै कार्यकर्ता

विराटनगरमा जसपामा तिव्र असन्तुष्टि, दैनिक पार्टी छोड्दै कार्यकर्ता

विराटनगर । विराटनगरमा जनता समाजवादी पार्टीले उमेदवार छनौटमा विवेक नपु¥याएको भन्दै कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सत्ता गठबन्धन गरेर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादवको उम्मेदवारी दिने निर्णय गरेपछि जसपाका कार्यकर्ताले पार्टी छोड्न थालेका हुन् ।

उपमेयरको टिकट पाएका जसपाका यादव जसपा विराटनगर महानगर समितिका अध्यक्ष हुन् । गठबन्धनबाट मेयर र उपमेयर दुवै पुरुषले टिकट पाएका छन् । उपमेयरमा यादवको उम्मेदवारी पक्का भएपछि जसपा निकट महिला नेतृ बसुन्धरा झाले जसपा छोडेको घोषणा गरेकी छन् । उपमेयर महिलाले पाउनु पर्नेमा पार्टीले पुरुषलाई नै टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

जसपाबाट उपमेयरको टिकट पाएका यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । गठबन्धनका तर्फबाट मनोनयन दर्ता गर्ने तयारी छ ।
यस अगाडी जसपाका नेता उमेश यादवले पार्टी परित्याग गरेर स्वतन्त्रमा उमेदवारी दिएका छन् । उनले हिजै मनोनयन गरेका हुन् । त्यस बाहेक जसपाका विभिन्न वडाका संभावित उमेदवार भने सिके राउतको जनमत पार्टीमा प्रवेश गरेका छन् । सिके राउतकोतर्फबाट विराटनगरको मेयरमा उमेदवारी समेत परेको छ । पंकज मण्डलले मेयरमा उमेदवारी दिएका हुन् । जनमत पार्टीले विराटनगरका विभिन्न वडामा पनि उमेदवारी दिइएको छ ।

यता जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवले गठबन्धन अहिलेको आवश्यकता भएकोले नेता तथा कार्यकर्ता व्यवस्थापनमा समस्या भएको बताएका छन् । उनले कसैले छोड्दैमा त्यसको अवस पार्टीमा नपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्