विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् ।

यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिनु भएको हो । वडा नं ११ का मतदाता तथा सामाजिक व्यक्ति बसन्त अधिकारीले मतदानका लागि जनताले राम्रो विकल्प खोजिरहेको अवस्थामा स्वच्छ छवि भएका निर्मल तामाङले उम्मेद्वारी दिनु खुसीको कुरा भएको बताउनु भयो । उहाँले भन्नु भयो “जनताको मतको सदुपयोग नभईरहेको अवस्थामा राम्रो मानिसले उम्मेद्वारी दिदा यसले वडाको विकास निर्माणमा आशा दिएको छ ।”

विगत ३ दशक यता सुचना प्रविधि तथा विकास विषयका विज्ञका रुपमा तामाङ सक्रिय हुनुहुन्छ । विपद व्यवस्थापन, पारदर्शीता र सुशासनका विषयमा उहाँले विभिन्न कार्यहरु गर्दै आउनु भएको छ । नेपालमा गएको महाभुकम्पको समयमा उहाँले संचालन गरेको र्यापिड रेस्पोन्स टिम नेपालकै उत्कृष्ट तिन प्राविधिक समुह मध्ये परेको थियो भने उक्त समुहले दक्षिण एसियाली क्षेत्रमा प्रदान गरिने ईएनजिओ अवार्डको स्पेशल अवार्ड समेत प्राप्त गरेको थियो ।

आफुलाई जनताले मत दिएर विजयी गराउने दाबी गर्नु हुँदै तामाङले आफु वडाध्यक्ष भएपश्चात जन्म/मृत्यु जस्ता घटनादर्ता, गर्भवतीको पोषणभत्ता/ बृद्धभत्ता/अपाङ्गभत्ता जस्ता सामाजिक सुरक्षा भत्तालगायत वडाका अधिकांश सेवा झन्झटमुक्त रुपमा जनताको घर मै गएर प्रदान गर्ने , पारदर्शीताका लागि वडा समितिका बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने, वडाका प्रगति विवरण र आयव्यय मासिक रुपमा सार्वजनिक गर्ने, सेवक वडा कार्यालयको मान्यतालाई पालना गर्ने र आवधिक योजना बनाई काम गर्ने बताउनु भएको छ ।

वडा अध्यक्षको उम्मेद्वारको रुपमा श्याम कुमार श्रेष्ठको प्रस्ताव र यमुना राज श्रेष्ठको समर्थनमा तामाङको मनोनयन दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्