विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको किचलोका कारण आईतबार रातीसम्म कांग्रेसको उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन् । नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका थिए । घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको थियो । त्यसपछि देउवाले आवश्यक परामर्श गरेर एक्लै उम्मेदवार टुङ्याएका थिए ।

जसपाले भने आईतबार साँझ आफ्नो उम्मेदवार टुङ्गो लगाएको थियो । सोमबार पत्रकारहरुसँग छोटो कुराकानी गर्दै मेयर पदका उम्मेदवार कोईराला शिक्षा र स्वास्थ्य आफ्नो प्रमुख प्राथमिकता सहितको चुनावी एजेन्डा रहेको बताए । उनले आफू विराटनगरको मेयरमा निर्वाचित भएर आएपछी करको दायरा फराकिलो बनाएर करको भार न्यून बनाउन भुमिका खेल्ने दाबी गरे ।

निर्वाचन अधिकृतको कार्यालयमा भने हाल मनोनयन दर्ता हुने क्रम जारी छ ।नेकपा एमालेले भने ४ बजे मनोनयन दर्ता गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्