राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी

राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ ।

सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री र उप-मेयर आचार्य जिल्ला प्रवक्ताको जिम्मेवारीमा छिन् । मेयर पदका उम्मेदवार शाह भने यसअघि पनि २०६० र २०६२ सालमा विराटनगरको मेयर भईसकेका छन् ।

उम्मेदवारी दर्तापछी पत्रकारहरुसँग छोटो कुराकानी गर्दै शाहले भ्रष्टाचारमुक्त नगर आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताए । उनले आफू मेयरमा निर्वाचित भएर आएपछी भ्रष्टाचारलाई न्यूनीकरणका साथै विराटनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने दाबी गरे ।

निर्वाचन अधिकृतको कार्यालयमा भने हाल मनोनयन दर्ता हुने क्रम जारी छ । हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

नेकपा एमालेले भने ४ बजे मनोनयन दर्ता गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्