विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सदस्य उमेश यादव समुहका नेता हुन् । विराटनगरको हकमा पार्टीले प्रमुख पद छोडेको बिषयप्रति असन्तुष्टि जनाउँदै यादव समुहका ४६ जनाले पार्टी परित्याग गरेपछी सोमबार उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा भने हाल मनोनयन दर्ता हुने क्रम जारी छ ।हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

नेकपा एमालेको मनोनयन दर्ता भने अबको केही बेरमै हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्