गोल्छाको टिकट खोसेर तिवारी भए विराटनगर–७ को उमेदवार

गोल्छाको टिकट खोसेर तिवारी भए विराटनगर–७ को उमेदवार

विराटनगर । नेपाली कााग्रेस विराटनगर–७ मा पुनः अध्यक्षको उमेदवार मनोनयन गरेका मधुबाबु तिवारीले टिकट खोसेको आरोप लागेको छ । पार्टीको क्षेत्रीय समितिले जितेन्द्र गोल्छालाई वडाअध्क्षमा टिकट दिइएको थियो । तिवारीसहितको समुहले नेपाली काँग्रेस मोरङको पार्टी कार्यालय परिसरबाट गोल्छामाथि हातपात गरेर टिकट खोसेका हुन् । ममाथि हुलदंगा गर्दै मलाई दिइएको टिकट खोसेर लगियो, गोल्छाले भने–तथानाम गाली सहनु प¥यो, हामी मारवाडी भएकोले केहि भन्न सक्ने स्थिति रहेन ।

गोल्छालाई क्षेत्रीय सभापति देवराज तामाङले वडा अध्यक्षको टिकट दिइएका थिए । आइतबार साँझ गोल्छालाई अध्यक्षमा उठाउने सहमति तिवारीले दिइएका थिए । तर, सोमबार एकाएक उनले ४०–५० जनाको समूहसहित पार्टी कार्यालय पुगेर टिकट खोसेको आरोप छ ।

पार्टी सभापति डिकबहादुर लिम्बुसँग छलफल गरिरहेको थिएँ, त्यहि बेला धेरै मानिसहरु पार्टी कार्यालय प्रवेश गरे गोल्छाले भने त्यसपछि मलाई धकेलाधकेल गरेर टिकट खोसेर आफ्नो नाम लेखेर मनोनयन दर्ता गराए । उनले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा देखिएको असभ्य शैलीले आफू मर्माहत भएको गुनासो पोखे ।

तिवारी यस अगाडी समेत वडा अध्यक्ष थिए । उनले पुनः उमेदवार हुन राजीनामा दिएर तयारी गरिरहेका थिए । गोल्छा पार्टीका क्षेत्रीय सचिव समेत हुन् । मारवाडी समुदायलाई विराटनगरमा अवसर नदिएको भन्दै गुनासो बढिरहेको बेला गोल्छालाई दिईसकेको टिकट समेत काँग्रेसले खोसिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्