विराटनगरको उप-प्रमुखमा नमिता न्यौपानेको स्वतन्त्र उम्मेदवारी

विराटनगरको उप-प्रमुखमा नमिता न्यौपानेको स्वतन्त्र उम्मेदवारी

विराटनगर ।  माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएकी हुँ, म उपप्रमुखमा विजयी हुन्छु भन्ने विश्वास छ ।’

गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन । विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला मेयरको उम्मेदवार बनेका छन् भने जसपाका अरमेन्द्र यादव उपमेयरको उम्मेदवार बनेका छन् । कांग्रेसले गठबन्धनमा रहेका दललाई वास्ता नगरेको भन्दै नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्र का नेताहरू रुष्ट बनेका छन् ।

यस्तै विराटनगर महानगरपालिकामा अझै मनोनयन दर्ता गर्ने प्रक्रिया सकिएको छैन । मुख्य निर्वाचन अधिकृतको  कार्यालयमा अझै २ सय जना जति लाइनमा रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्