विराटनगरको मेयरमा १६ र उप–मेयरमा १७ जनाको उम्मेदवारी

विराटनगरको मेयरमा १६ र उप–मेयरमा १७ जनाको उम्मेदवारी

विराटनगर । स्थानीय तह निवार्चन अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कुल १६ जनाकोे उम्मेदवारी परेको छ ।

विराटनगरकोे प्रमुखमा १६ र उप–प्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो । स्वतन्त्र रुपमा ८ सहित गठबन्धन र अन्य दलहरुबाट गरि प्रमुखमा कुल १६ जनाको मनोनयन दर्ता भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विराटनगरको १९ वडाको वडाध्यक्षमा मात्रै सोमबार राती अबेरसम्म कुल १७२ जनाले उम्मेदवारी दिएका छन् । ती वडाहरूको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यमा ११५ जनाले उम्मेदवारी दिएको कार्यालयको तथ्याङ्क छ । तथ्याङ्क अनुसार आईतबार ३ र सोमबार १३ गरि प्रमुख पदमा कुल १६ जनाको उम्मेदवारी परेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुसार विराटनगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्गे्रसका नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राष्ट्रिय प्रजातन्त्र पाटीबाट प्रह्लाद शाह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काङ्ग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वर प्रसाद सिंहले उम्मेदवारी दिएका छन् ।

आईतबार महानगर प्रमुखको पदमा स्वतन्त्र रुपमा उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यायलका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले उप–प्रमुखमा हालसम्म जसपाबाट अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट बिन्दा लुइँटेल आचार्य, लोकतान्त्रिक समाजवादी पार्टीबाट सहनाज खातुन र स्वतन्त्र रुपमा नमिता न्यौपाने तथा सदिना खातुनको उम्मेदवारी परेको जानकारी दिए ।

हाल भने मोरङका १७ वटै पालिकामा उम्मेदवारी दर्ताको प्रक्रिया सम्पन्न भईसकेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केही प्राविधिक गडबडीका कारण तथ्याङ्क प्रबिष्टिमा समस्या देखिएको हुनाले जिल्लाभरको यकीन विवरण आउन भने थप केही समय लाग्ने भएको छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्