मोरङमा ८२९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी

मोरङमा ८२९ विभिन्न पदका लागि ४ हजार ३६१  जनाको उम्मेदवारी

विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति मोरङमा ८ सय २९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको १७ वटा स्थानीय तहमा आवश्यक कुल ८२९ पदका लागि ४ हजार बढीकोे उम्मेदवारी परेको हो । मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष र ६३६ वडा सदस्यहरू गरि कुल ८२९ जना जनप्रतिनिधिहरू निर्वाचित हुनुपर्ने पद संख्या हो । तर, आईतबार र सोमबार दुई दिनमा आवश्यकता भन्दा ५ गुणा बढीले मनोनयन दर्ता गराएको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ९ प्रमुख पदको लागि ८६ जनाको उम्मेदवारी परेको छ । यस्तै ८ वटा गाउँपालिका रहेको अध्यक्ष पदको लागि ६३ जनाको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको कार्यालयको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार वडाध्यक्षमा १ हजार १, महिला वडा सदस्यमा ७५४, दलित सदस्यमा ६९६ र खुल्ला सदस्यमा १ हजार ६३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्