विराटनगर ४ को वडाध्यक्षमा २६ वर्षीय यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर ४ को वडाध्यक्षमा २६ वर्षीय यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ को अध्यक्षमा २६ बर्षीय एक युवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

वडा नं. ४ निवासी सुबासचन्द्र यादवले वडाध्यक्ष पदमा सोमबार स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एसएलसीसम्मको अध्ययन सकेका उनी प्यस टु मा मेडिकल साईन्स लिएर अध्ययनरत थिए । राजनितिक दलहरुबाट विकास सम्भव नभएको भन्दै उनले वडाध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

विराटनगरको हकमा भने १९ वटै वडाको वडाध्यक्ष पदका लागि १७२ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्