बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु

<span class='c1'>बुढीगंगामा दुर्घटना,</span> <span class='c2'>एकजनाको मृत्यु</span>

विराटनगर । मोरङको बुढीगंगामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा बुढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि बुढीगंगाकै विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

कोशी राजमार्ग अन्तर्गत बुढीगंगा –३ स्थित शान्ति चोकमा दिउँसो साढे १ बजे विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पूर्वबाट राजमार्गतिर निस्कदै गरेको बेला कारले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटना हुुँदा कारको अगाडिको भागमा पनि क्षति पुगेको छ । प्रहरीका अनुसार कार र चालक जनकपुर घर भएका २९ वर्षीय शैलेन्द्र प्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।

दुर्घटना लगत्तै फरार बनेको कारलाई प्रहरीले विराटनगरको रोडशेष चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कार चालक यादवले विराटनगर महानगरपालिका–१३ मा ग्रीन भ्यू नामक होटल सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्