नेकपा विप्लवका नेता खतिवडा र डाँगी रिहा

नेकपा विप्लवका नेता खतिवडा र डाँगी रिहा

विराटनगर । नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा हुनु भएको छ । जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएपछि खतिवडा रिहा हुनु भएको हो ।

२०७६ साल असोज १६ गते पक्राउ पर्नु भएका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधिश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।

खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा हुनु भएको छ । डाँगी मोरङ बुढीगंगाका ७ र खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुनुहुन्छ । प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुईजनालाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।
अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै आफ्नो राजनीतिक यात्रा नेकपा विप्लप समूहमै रहेर निरन्तर गर्ने प्रतिक्रिया खतिवडाले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्