प्राध्यापक संघको निर्वाचन माग

प्राध्यापक संघको निर्वाचन माग

विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरको एकाइ समितिको निर्वाचन नभएकोमा प्रगतिशील प्राध्यापक संगठनले भत्र्सना गरेको छ ।

संघको कार्यकाल २०७८ साल मंसिरमा सकिएको र त्रिवि प्राध्यापक संघ केन्द्रीय समितिले माघ मसान्तभित्र एकाइ अधिवेशन अनिवार्यरूपमा गर्न पुस २५ गते नै परिपत्र गरेको थियो । तर विभिन्न बहानामा एकपछि अर्को गर्दै निर्वाचनलाई पछाडि धकेल्ने क्रियाकलाप गरेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका एकाइ उपाध्यक्ष मोहनकुमार श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ‘आफ्नो समय समाप्त भैसकेपछि पनि नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघको प्रतिनिधित्व गरी त्रिवि प्राध्यापक संघको एकाइ नेतृत्वमा रहेका साथीहरूले यसरी निर्वाचनको समय सार्दै जानुलाई हाम्रो संगठनले गम्भीर रूपमा लिएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘आफ्नो संगठन भित्रको आन्तरिक कलहका कारण सम्पुर्ण प्राध्यापकहरूको भरोसा र आस्थाको रूपमा रहेको प्राध्यापक संघलाई मुर्छित बनाउने क्रियाकलापप्रति संगठन घोर निन्दा र भत्र्सना गर्दछ ।’

नेकपा एमाले सम्बद्ध नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा जारी विज्ञप्तिमार्फत वर्तमान प्राध्यापक संघ क्याम्पस एकाइको नेतृत्वका विरूद्ध संघर्ष गर्ने जनाइएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघको नेतृत्वमा रहेको प्राध्यापक संघ एकाइ समितिले गत चैत १७ गते साधारणसभा बोलाएको थियो । सो साधारणसभामा गणपूरक संख्या नपुगेको भन्दै ११ दिन पछिका लागि चैत २८ गते पुनः साधारणसभा बोलाएको थियो । दोस्रो पटकमा पनि गणपूरक संख्या नपुगेको भनी तेस्रो पटकको लागि १३ दिनपछि वैशाख ११ गतेका लागि साधारणसभा बोलाएको थियो । तर तेस्रो पटकमा जति संख्या उपस्थिति भए पनि निर्वाचन समिति बनाएर निर्वाचनको मिति घोषणा नगरेको भन्दै प्राध्यापकहरूले नयाँ नेतृत्वका लागि तत्काल निर्वाचन गर्न माग गर्दै आएका छन् ।

विराटनगरका स्नातकोत्तर क्याम्पसमा त्रिवि प्राध्यापक संघको एकाइ निर्वाचन भई डा.राजाराम थापाको नेतृत्वमा नया“ समिति बनिसकेको छ भने त्रिविका प्राय सबै आङगिक क्याम्पसमा नया“ नेतृत्व गठन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्