विराटनगरका मेयर भीम पराजुलीद्वारा राजीनामा

<span class='c1'>विराटनगरका मेयर भीम</span> <span class='c2'>पराजुलीद्वारा राजीनामा</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनु भएको छ । बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनु भएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनु भएको जानकारी दिनुभयो । संवैधानिक व्यवस्था अनुसार कार्यपालिका उपप्रमुख समक्ष मेयर पराजुलीले राजीनामा दिनु भएको छ, प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो–कार्यालयमा उहाँको राजीनामा पत्र प्राप्त भईसकेको छ ।

स्थानीय तहको निर्वाचन हुन गईरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएका कारण राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ । ‘आसन्न निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनपर्ने भएकोले वर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधारा ८ (क) बमोजिम बैशाख १४ गतेदेखि लागूहुने गरि राजीनामा दिएको छु’ पत्रमा उल्लेख गरिएको छ । पदिय दुरुपयोगको आरोप नलागोस् भनेर राजीनामा दिएको नेता पराजुलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्