विराटनगरमा भारतीय गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

विराटनगरमा भारतीय गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

विराटनगर । विराटनगर-२ मेनरोडस्थित विराटेश्वर शिव मन्दिर अगाडि भएको सवारी दुर्घटना परी एकजना गम्भीर घाईते भएका छन् ।

अहिले भर्खरै भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाईते भएका हुन् । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । करिब ९ बजे दक्षिणबाट उत्तरतर्फ गईरहेको भारतीय BR11AU8666 नम्बरको कारले सोही दिशाबाट आईरहेको को ३६ प २७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । स्थानीयका अनुसार कारले मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो । कार चालकले मापसे समेत गरेका थिए । कारमा चालक सहित २ जना सवार थिए ।

कारको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालकको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ । मोटरसाईकल विराटनगरको कोशी प्रोजेक्ट निवासी अन्दाजी ३६ वर्षीय अमित रेग्मी रहेको खुलेपनि कार चालकको नाम र ठेगाना लगायतको विवरण भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । कार चालक हाल प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्