विराटनगरका घरदैलोमा मेयर–उपमेयरका उमेदवार

विराटनगरका घरदैलोमा मेयर–उपमेयरका उमेदवार

विराटनगर । नेकपा एमालेबाट विराटनगरको मेयर–उपमेयरका उमेदवार सागर थापा र शिल्पा निराला कार्की घरदैलोमा व्यस्त छन् ।

उमेदवार मनोनयनसँगै आसन्न निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न उनीहरु महानगरका घरदैलोमा पुगेर भोट माग्न थालेका हुन् । मतदातालाई परिचय दिनु र निर्वाचित भएपछिका एजेण्डा प्रस्तुत गर्नु उमेदवारहरुको दैनिकी भएको छ । बिहीबार बिहान नेकपा एमालेले विराटनगर–३ मा घरदैलो कार्यक्रम आयोजना गरेको हो ।

वडाअध्यक्षका उमेदवार बासुबहादुर बस्नेतसहित वडाका अन्य सदस्यसँग मेयर र उपमेयरका उमेदवारले मतदातासँग आफ्नो परिचय दिदैं हिडेका थिए । पार्टीका केन्द्रीय नेताहरु जीवन घिमिरे, बिनोद ढकाल, जिल्लाका नेताहरु समेत निर्वाचन प्रचार अभियानमा सरिक थिए ।


नेपाली कांग्रेसले पनि आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ । मेयर पदका उमेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उमेदवारसहित घरदैलो अभियानमा जुटेका हुन् ।विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा बिहीबार घरदैलो गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्यसहितको उपस्थितिमा मेयरका उमेदवार कोइरालाले मतदातासम्म पुगेर आफ्नो परिचय दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्