धमाधम फिर्ता हुँदै विराटनगरमा बागी उम्मेदवारी

धमाधम फिर्ता हुँदै विराटनगरमा बागी उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको हो ।

विराटनगरमा वडा अध्यक्षका उमेदवार बनेका दुइजनालाई फिर्ता लिन समेत लगाईसकिएको छ । विराटनगर २ मा बिलास दाहाल र ५ मा राम यादवले दिएको उमेदवारी फिर्ता लिन लगाइएको नेपाली काँग्रेस महानगर सभापति दिपक चापागाँईले जानकारी दिनुभयो ।
काँग्रेसका कार्यकर्ताले हालेको बागी उमेदवार सबै फिर्ता गराईने भएको छ । त्यस बाहेक माओवादी केन्द्रले विराटनगरमा हालेको स्वतन्त्र बागी समेत फिर्ता हुने भएको छ ।

माओवादी महानगरका अध्यक्ष नविन पौडेलले बागी उमेदवारलाई तत्काल उमेदवारी फिर्ता लिन निर्देशन दिनु भएको छ । गठबन्धन पार्टीबीचको बागी फिर्ता भएसँगै विराटनगरमा आज संयुक्त संयन्त्र बनाएर एकिकृत चुनावी प्रचारमा जाने तयारी गरिएको छ । सभापति चापागाँईले निर्वाचनमा एकिकृत चुनावी प्रचारका लागि संयन्त्र तयार गरिने जानकारी दिनुभयो ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्