विराटनगरको पोखरीया विद्यालयमा प्रवेश परीक्षा दिनेको भीड

विराटनगरको पोखरीया विद्यालयमा प्रवेश परीक्षा दिनेको भीड

विराटनगर । विराटनगर–३ स्थित पोखरीया माध्यमिक विद्यालयमा पढ्न चाहने विद्यार्थीको भीड लागेको छ । शुक्रबार कक्षा ७, ८ र ९ मा नयाँ भर्ना हुने विद्यार्थीको भीड लागेको हो ।

विद्यालयले प्रवेश परीक्षा लिएर उत्तिर्ण हुने विद्यार्थीलाई मात्रै भर्ना लिने गर्दछ । विराटनगरका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले त्यो विद्यालय छोडेर पोखरीया रोज्ने गरेका छन् । त्यसको झल्को शुक्रबार लिइएको प्रवेश परीक्षामा देखिएको छ । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार शुक्रबार प्रवेश परीक्षा दिनका लागि बिहीबारसम्म एकहजार ४०० विद्यार्थीले प्रवेश कार्ड बुझिसकेका थिए । त्यस बाहेक शुक्रबार समेत प्रवेश कार्ड बुझेर परीक्षामा सामेल हुने विद्यार्थीको संख्या उल्लेख्य छ ।

आफ्ना सन्तानलाई प्रवेश परीक्षा दिलाउन आउने अभिभावकसहित शुक्रबार झण्डै दुईहजार ५०० बढी विराटनगरवासी उपस्थित भएका छन् । पोखरीया माध्यमिक विद्यालयमा विद्यार्थीको बढ्दो आकर्षणले भर्ना पाउन नै कठिन हुने गरेको छ । यस पटक कक्षा ७, ८ र ९ मा भर्नाका लागि लिइएको प्रवेश परीक्षामा निक्कै कडाई गरिएको छ । नयाँ भर्ना लिने विद्यार्थीको संख्या न्यून भएका कारण परीक्षामा कडाई गरिएको हो ।

अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएयता विद्यार्थी अभावमा कहिले पोखरीया माविले लिनु परेको छैन । त्यति मात्रै नभई विद्यालयले पढाईसँगै अन्य क्षेत्रमा समेत विद्यार्थीको विकासमा ध्यान दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्