निषेधित लागुऔषध सहित पक्राउ

निषेधित लागुऔषध सहित पक्राउ

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउँदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित बरामद गरेको हो, यसै गरी सुनसरीको बराहक्षेत्र-४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो ।

निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्