विराटनगरमा मेयरमा ३ र उपमेयरमा २ सहित २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगरमा मेयरमा ३ र उपमेयरमा २ सहित २३ जनाको उम्मेदवारी फिर्ता

विराटनगर । आसन्न स्थानीय निर्वाचनका निम्त्ति विराटनगर महानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्र्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएकी छन् ।

यस्तै, उपमेयर तर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्वव प्रसाद कोईरालाले आफ्नो फिर्ता लिएको कार्यालय सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले विभिन्न दलका ११ जना वडाध्यक्षले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उम्मेदवारहरुलाई निर्वाचन चिन्ह भने शनिबार बैशाख १७ गते प्रदान गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्