मीरगञ्ज पुल आंशिक रुपमा संचालनमा

मीरगञ्ज पुल आंशिक रुपमा संचालनमा

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थित परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । निर्माणाधिन नयाँचार लेनको पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका हुन् ।

मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्जपुलको जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको बताउनुभयो । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रुपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवहाक सवारीको रि–रुट गर्नुपर्दै आएको थियो ।

विगत १६ वर्षदेखि मीरगञ्जपुलले करिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिदैं आएको थियो । पुरानो जिर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्दा पनि दिर्घकालिन रुपमा त्यसले समाधान नदिदाँ वर्षेनी झन्झट बेहोर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरु मीरगञ्जपुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै आएका छन् । जसबाट नेपाली आयातकर्ताले प्रति सवारी साधन करिब २५ हजार थप व्ययभार व्यहोर्नु पर्ने बाध्यता रहँदै आएको थियो ।

पुल संचालन गर्नका लागि विराटनगरका उद्योगीले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका डी.एम., फारबिसगञ्जका एस.डी.ओ., पटनाका कस्टम्स कमिश्नर, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका अधिकारीहरु आग्रह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्