विराटनगर । विराटनगर शनिमन्दिर चोकमा सवारी दुर्घटनना हुँदा विराटनगर–१५ निवासी १८ वर्षीया रविना खातुन गम्भीर घाइते भएकी छन् ।
साइकलमा सवार खातुनलाई प्रदेश–१–०२–४५१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएर हुत्याएको थियो ।
त्यहि बेला मे १ ख २७४५ नम्बरको सुर्योदय यातायातको बसले किच्दा खुट्टामा गहिरो चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले बस र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ ।