प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

<span class='c1'>प्रदेश नं. १ सरकार</span> <span class='c2'>मन्त्रिपरिषद् बैठक सम्पन्न</span>

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउने लगायतका निणर्यहरू गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निणर्यपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्ने छ ।

यसैगरी किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि विद्यालयलक्षित किशोरी सशक्तिकरण कार्यक्रम अघि बढ्ने प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्