विराटनगरमा टेम्पो र सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

विराटनगरमा टेम्पो र सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखेको सिटी सफारी र ट्याम्पोको ब्याट्री चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोे छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २२ वर्षिय मोहमद जुमन, विराटनगर १२ का २२ वर्षिय पवन रविदास र विराटनगर महानगरपालिका –११ का ३४ वर्षिय मोहमद अन्सारूल पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।


पक्राउ परेका आरोपीहरूले विराटनगर ६ स्थित रामपुर चौकमा को २ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका तीन जनाले वि.न. १ ह ००९३ र को १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय घरमा नै पार्किङ गरेर राखेका मोटरसाईकल र साईकलहरु दिनहु जसो चोरी हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्