विराटनगरका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ‘लालटिन’

<span class='c1'>विराटनगरका स्वतन्त्र उम्मेदवारको</span> <span class='c2'>चुनाव चिन्ह ‘लालटिन’</span>

विराटनगर । विराटनगर महानगरपालिकाको लागी विभिन्न पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकाले लालटिन चुनाव चिन्ह रोजेका छन् ।

महानगरको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले एउटै चुनाव चिह्न लिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्याउपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू दुवै जनाले एउटै चुनाव चिह्न ‘लालटिन’ लिएका छन् ।

त्योसँगै विराटनगर वडा नम्बर ११ का वडा अध्यक्षको लागी उम्मेदवारी दिएका निर्मल तामाङ, वार्ड नम्बर १० का उम्मेद्वार माधवराज वाग्ले, वडा नम्बर ३ का स्वतन्त्र उम्मेद्वार बिक्कि कार्कि, वडा नम्बर ९ का देशबन्धु ढकाल र सदस्य जतिन ताम्राकारले पनि लालटिन चिन्ह लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए ।

यता पहिलो पटक विराटनगर ११ निवासी निर्मल तामाङले भने स्वतन्त्र तर्फबाट वडा अध्यक्षको लागी चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्