विराटनगर । मोरंग व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा आ.व. २०७९÷०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ ।
संघका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १, आर्थिक मामिला तथा योजना मन्त्री माननीय ईन्द्रबहादुर आङ्बो रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्व क्षेत्रीय समितिका संयोजक जीवन प्रसाद बंजारा , राष्ट्रिय योजना आयोग, काठमाडौंका सदस्य माननीय डा. रामकुमार फुयाल , केन्द्रिय समिति, राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल, काठमाडौंका अध्यक्ष श्री गंगा बहादुर थापा , नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, विराटनगरका अध्यक्ष श्री भीम घिमिरे , उद्योग संगठन मोरङका का.वा. अध्यक्ष श्री प्रदिप मुरारका , विराट व्यापार संघ, विराटनगरका अध्यक्ष श्री नरेश कुमार खत्री , राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्वक्षेत्रीय समितिका सल्लाहकार तथा स्नाकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका विभागिय प्रमुख र यस कार्यक्रमको समयोजनकर्ता श्री प्रा.डा. अर्जुन बराल , मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति पदाधिकारी एवं सदस्य , विभिन्न वस्तुगत संघका अध्यक्ष, युवा उद्यमी व्यवसायी विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखज्यूहरु, बैंक तथा वित्तिय क्षेत्रका प्रमुखज्यूहरु, यसैगरी यस संघ तथा उद्योग संगठन मोरङका महिला उद्यमी , उद्योगी व्यवसायी, संचारकर्मीको सहभागिता रहेको थियो ।