विराटनगर–१६ बाट ९५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर–१६ बाट ९५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर । विराटनगर–१६ दरैयाबाट केसलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिइएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा एक कार्टुन बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक दिलकुमार पन्तको कमाण्डमा खटिएको गस्ती टोलिलाई देखेर सामान ल्याउने व्यक्ति फरार भएका थिए । नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्