विराटनगरमा एसईई मोडलमा कक्षा ८ को उपुपरीक्षण, बैशाख २५ गतेसम्ममा नतिजा प्रकाशनको तयारी

<span class='c1'>विराटनगरमा एसईई मोडलमा कक्षा ८ को उपुपरीक्षण,</span> <span class='c2'>बैशाख २५ गतेसम्ममा नतिजा प्रकाशनको तयारी</span>

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ८ को नतिजा बैशाख २५ गतेसम्ममा प्रकाशन गर्ने तयारी गरेको छ । नगरस्तरीय परीक्षामा सामेल भएका ४ हजार ६९३ विद्यार्थीको परीक्षाफल प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षणको काम करिब अन्तिम चरणमा पु¥याइएको हो ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर मार्क लेजर तयार पारिसकिएको छ । अब कम्प्यूटरमा इन्ट्रि गनर्,े ग्रेड लेजर÷ग्रेड सिट तयार पार्ने काम हुनेछ । स्थानीय तहको निर्वाचन नजिकीएका कारण प्रत्येक विषयका ५ देखि ७ जनासम्म विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका छन् । बिहानदेखि साँझसम्म खटिएर काम गरेका कारण निर्वाचन अगावै परीक्षाफल प्रकाशन गर्न सकिने दावी गरिएको छ ।

विराटनगर महानगरपालिकाले नगरस्तरीय कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि एसईई मोडललाई अपनाएको छ । उत्तरपुस्तिकाबाट विद्यार्थी र विद्यालयको विवरण हटाएर मात्रै शिक्षकलाई परीक्षण गर्न दिइएको छ । यसरी हटाइएको विद्यार्थीको नाम, रोल नम्बर र विद्यालयको नाम भएको आधा भाग र उत्तरपुस्तिकामा कोड गरिएको छ । परीक्षण भएपछि पुनः त्यो नाम भएको कोड र उत्तरपुस्तिकालाई पुनः डिकोड गरेर मार्क लेजर तयार पार्ने काम गरिएको छ । महानगरले बैशाख २१ गतेदेखि नयाँ भर्ना खुलाउने निर्णय गरेको छ । नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्