फड्को मार्दै सामुदायिक विद्यालय

फड्को मार्दै सामुदायिक विद्यालय

विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् ।

सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता समेत बढ्दै गएको छ । गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय नै रोज्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुँदा सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण तुलनात्मक रुपमा बढेको छ ।

नयाँ शैक्षिक सत्रमा अध्ययन अध्यापनका निम्त्ति आईतबार विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा प्रवेश परीक्षा लियो । कक्षा ४ देखि कक्षा ९ सम्म कुल ३९८ जना विद्यार्थी छनौटका विद्यालयले प्रवेश परीक्षाको आयोजना गरेको थियो । मागभन्दा दोब्बर विद्यार्थीहरु परीक्षामा सामेल हुन्छन् भन्ने विद्यालयले अनुमान थियो । तर, ३९८ जना छनौटका निम्त्ति भएको उक्त परीक्षामा प्रदेशभरबाट कुल १ हजार ५६२ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागि भए । प्रवेश परीक्षामा विद्यार्थीहरुको उक्त उत्साहजनक सहभागिताले सामुदायिक विद्यालयहरु पनि नीजिको सक्षम प्रतिस्पर्धी हुन भन्ने पुष्टि भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोख्रेल बताउँछन । उनी भन्छन्, ‘साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याईसँगै रोजगारमुखि प्राविधिक शिक्षाको सुरुवातसँगै विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित देखिन थालेका हुन् ।’

आर्दशले आईतबार कक्षा ४ देखि ९ सँगै बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुका लागि समेत भर्ना खुल्ला गरेको छ । बालविकासका लागि भने ‘फस्ट कम, फस्ट इन्ट्री’ का आधारमा विद्यार्थी भर्ना सुरुवात गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार न्यून लगानीमा गुणस्तरीय शिक्षाको प्राप्ति भईरहँदा आर्दशमा हाल विद्यार्थीहरुको संख्या पनि तुलनात्मक रुपमा बढेको छ । विद्यालयमा हाल ३ हजार १४० विद्यार्थीहरु अध्ययनरत छन् ।

आर्दश मा.विमा हाल कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत १८ महिने कम्युटर तालिम (टी–एसएलसी), ३ वर्षे डिप्लोमा ईन कम्प्युटर र डिप्लोमा ईन सिभिलका कक्षाहरु सञ्चालन भईरहेका छन् ।

विराटनगरको मुटुमा अवस्थित आर्दश मा.वि नेपालकै जेठो विद्यालयहरु मध्येको एक हो । आर्दश मा.विको स्थापना वि.सं. १९८६ सालमा भएको हो । कृष्णप्रसाद कोइराला विद्यालयका संस्थापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्