प्रदेश १ लोकसेवाले माग्यो प्राविधिक तथा अप्राविधिक तहका कर्मचारी

प्रदेश १ लोकसेवाले माग्यो प्राविधिक तथा अप्राविधिक तहका कर्मचारी

विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधिकृतमा २ तथा बाली संरक्षण र बागबानीमा १/१ जना अधिकृतको माग भएको आयोगले जनाएको छ । आयोगका अनुसार भेटेरिनरीतर्फ पनि सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग गरिएको छ । आयोगले खुलाएको विज्ञापनमा प्रशासन तर्फको अधिकृतको परीक्षा साउन ७ गते र इन्जिनियरको परीक्षा साउन १३ गते अपरान्ह ३ बजे हुने आयोगद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । जारी सूचना अनुसार परीक्षा केन्द्र भने विराटनगर नै हुनेछ ।

उक्त पदका लागि जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिनसक्ने प्रबन्ध मिलाईएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्