स्वतन्त्र उपमेयर उम्मेदवार न्यौपानेको प्रतिवद्धता सार्वजनिक : विराटनगरलाई सुशासनमैत्री बनाउँछु

स्वतन्त्र उपमेयर उम्मेदवार न्यौपानेको प्रतिवद्धता सार्वजनिक : विराटनगरलाई सुशासनमैत्री बनाउँछु

विराटनगर । विराटनगरमा स्वतन्त्रबाट उपमेयरमा उमेदवार बनेकी नमिता न्यौपानेले आफ्नो चुनावी प्रतिवद्धता–पत्र सोमबार सार्वजनिक गरेकी छिन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लालटिन चुनाव चिन्ह पाएकी न्यौपानेले आफू उपमेयरमा निर्वाचित भए विराटनगरलाई सुशासनसहितको विकास र समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले न्यायिक निरुपण, शिक्षा, जनचेतना र सूचना प्रविधि, वातावरण र सरसफाई, विपन्न परिवार लक्षित कार्यक्रम, स्वास्थ्य तथा लक्षित समूह कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सक्ने आफ्नो प्रतिवद्धतामा जाहेर गरेकी छिन् ।

महानगरको डुबान समस्याको दिर्घकालिन समाधानमा पहल गर्ने बताएकी छिन् । यसैगरी स्वरोजगारमुलक कार्यक्रम, नागरिकताको सिफारिसमा देखिएको दोहोरो मापदण्ड अन्त्य गर्ने पनि बताएकी छिन् । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा गर्न नसक्ने कामहरुको सूचि राखेर महानगरवासीलाई आफूले झुक्याउन नहुने न्यौपानेले बताएकी छिन् ।

म गर्न नसक्ने सपना बाँड्न सक्दिन, पाँचवर्षमा महानगरपालिका देशका ठूला शहरहरुको सुचिमा अन्तिमतर्फ धकेलिएको छ, न्यौपानेले भनिन्–विराटनगरको साख जोगाउन पहल लिनु मेरो कर्तव्य हुनेछ । त्यसका लागि महानगरवासीले आफ्नो उमेदवारीलाई मतदातबाट अनुमोदन गर्नुपर्ने अपिल न्यौपानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्