विराटनगरको दुईस्थानबाट ४२ क्विन्टल केराउसहित सामान पक्राउ

विराटनगरको दुईस्थानबाट ४२ क्विन्टल केराउसहित सामान पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।

विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याएको ४२०० केजी केराउ सहित पक्राउ गरेको हो ।

यसैगरी भारत जिल्ला अररिया नगर पञ्चायत ९ जोगवनी बस्ने बर्ष २९ को अनोज सिंहले भारतिय मोटरसाईकलमा ल्याउँदै गरेको कपडा
विराटनगर–११ स्थितबाट बरामद गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू बरामद गरेको मोरङ प्रहरी प्रवत्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

बरामद गरिएका सामाग्रीको मूल्य २५ लाख अनुमान गरिएको छ । बरामद गरिएको सामाग्री आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्