एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु सक्रिय

<span class='c1'>एमाले, कांग्रेस र</span> <span class='c2'>माओवादीका उम्मेदवारहरु सक्रिय</span>

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् ।

७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बुढीगंगा गाउँपालिका वडा-४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना चुनावी एजेण्डासहित गएको बताउँछन् । उनलाई सबैको साथ रहेको उनले सुनाए । आफ्नो जस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफूलाई सहयोग गर्नेमा उनी विश्वस्त छन् । बुढीगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, ज्येष्ठ नागरिकसहित मुस्लिम, पहाडे, थारु समुदाय र विभिन्न जातजातिको साथ रहेको उनी निकटका नेता कार्यकर्ताहरुले बताएका छन् ।

उनीसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्य मञ्जु बुढाथोकी, चानोदेवी ऋषिदेव, चिरञ्जीवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा छन् । सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भोटघाट र वडा भेलामा केन्द्रित रहेको बुढीगंगा-४ का बिष्णु अधिकारीले जानकारी दिए ।

वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ । उनले आफू निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि बुढीगंगा-४ मा निम्न कामहरु गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्