विराटनगर । नेकपा एमालेले विराटनगरमा घरदैलो कार्यक्रमलाई व्यापाक बनाएको छ । मंगलबार विराटनगर–१२, १८ र ७ नम्बर वडामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो ।
मेयरका उमेदवार सागार थापा र उपमेयर उमेदवार शिल्पा निराला कार्कीले मतदातालाई भेटेर भोट माग्ने क्रम जारी राखेका छन् । घरघरमा पुगेर उनीहरुले मतदान गरिदिन अपिल तथा आग्रह गर्दै आएका छन्।