कटहरीका कांग्रेसका एकल उम्मेदवारद्वारा मतदाताका घरदैलोमा

कटहरीका कांग्रेसका एकल उम्मेदवारद्वारा मतदाताका घरदैलोमा

कटहरी । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष सहित सबै पदमा एकल उम्मेद्वारी परेको छ ।

अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने कांग्रेस उम्मेदवार एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् । आगामी बैसाख ३० गते स्थानीय चुनाव हुँदैछ । कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको बताए ।

उनले भने,“विकास निर्माण साथै जनताको आवश्यकता अनुसार हामी काम गर्ने योजना साथ अघि बढेका छौँ ।” चौधरीले आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आवश्यकता र माग अनुसार विकास निर्माणका काम अघि बढाइने बताए ।

गाउँपालिकामा घरदैलो अभियानमा ब्यस्त रहेका चौधरीले आफुले जितेर आएपछि गाउँपालिका बासीले महशुस गर्ने गरी काम गर्ने बताएका छन् । उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षामा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालक काम गर्ने प्रतिबद्धता गरेका छन् ।

अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा संचालन भएका पुरा नभएका योजनाहरु पूरा गरिने बताएका छन् । भने,“जनतासँगको छलफलमा आगामी योजनाहरु ल्याउने छु । सबै नगर बासीहरुसम्म स्वास्थको पहुँच पुर्याउने छु ।” उनले महानगरपालिकाको नजिकै भएर पनि कटहरी धेरै हिसाबले पछि परेको भन्दै स्वास्थ्य क्षेत्रको विकासमा काम गर्ने सुनाए ।

उनले धेरै गफ भन्दा पनि आफूले काम गरेर देखाउने बताएका छन् । आफ्नो प्रतिबद्धता अनुसारको काम गर्ने र छोरी शिक्षाको लागि समेत सामुदायिक विद्यालय सुधारको लागि काम गर्ने सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्