विराटनगर । महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र डाईलेक्स डिसी २ बोतल सहित विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय मिलन कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।