विराटनगर । नेपाली कांग्रेस पार्टी बुढीगंगा गाउँपालिकाको सबै वडामा चुनावी घरदैलो अभियान तीव्र पारेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले बुधबार बुढीगंगा गाउँपालिकाको मेयरका उम्मेदवार जितनारायण थापा मगरसहित कार्यकर्ता र समर्थनको साथमा घरदैलो कार्यक्रम जारी राखेको छ ।
कांग्रेस बुढीगंगाका उपमेयरका उम्मेदवार अमृताकुमारी गच्छदारसहित वडाध्यक्ष र सदस्यहरुका उम्मेदवारहरुले संयुक्त रुपमा घरदैले अघि बढाएका छन् ।
गाउँपालिकाको मेयरका उम्मेदवार जित नारायण थापा मगरले आफू निर्वाचित भए जनताले उठाएका समस्याहरुको सुनुवाई गर्ने र समाजलाई परिवर्तन, रुपान्तरण गर्ने बताए ।
उनले जनताको उत्साहजनक सहभागितामा घरदैलो अभियान जारी रहेको बताए ।