एमालेसँग के चाहन्छन् बुढीगंगाका मतदाता

<span class='c1'>एमालेसँग के चाहन्छन्</span> <span class='c2'>बुढीगंगाका मतदाता</span>

विराटनगर । नेकपा एमालेले बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो ।

नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ । नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार र उपाध्यक्षकी उम्मेदवार तुलसीकुमारी कुवँर विष्ट सहितको टोली घरदैलोमा जाँदा जनताको यस अघिको जनप्रतिनिधिले आशा अपेक्षा अनुसारका काम नभएको गुनासो मतदाताले गरेका छन् ।

‘अधिकांश मतदाता यस अघिको जनप्रतिनिधि खुसी देखिएनन्, घरदैलोमा पुगेका सरदारले भने, नागरिकको आशा एमाले प्रति देखिएको छ।’ वडा नम्बर १, २, ६ र ७ मा घरदैलो गरिसकेको उनले बताए । ‘बिहीवार साँझसम्ममा हामीले दुई नम्बर वडाको घरदैलो सक्छौँ, उनले भने, भोलिदेखि वडाको ३ मा हाम्रो घरदैलो अभियान चल्नेछ ।’ वडा नम्बर २ को गंगाचोक, बकबोन, बहुराहा, पटुवारी, मुस्लिम टोलमा नागरिकको उत्साह देखिएको घरदैलोमा सहभागी उपाध्यक्षकी उम्मेदवार तुलसीकुमारी विष्टले बताईन् । घरदैलोमा सहभागी हुनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरु निरन्तर घर घरमा देखिएका छन् ।

एमालेका मोरङ ईन्चार्ज विनोद ढकालसहितको टोली पनि उम्मेदवारलाई हौसला प्रदान गर्न गाउँ गाउँमा पुगेका छन् । नेकपा एमाले बुढिगंगा गाउँपालिका ईन्चार्ज रिता न्यौपानेले नागरिकमा चुनावी उत्साह देखिएको बताईन् । यसअघिको जनप्रतिनिधि प्रतिको नागरिकको बितृष्णाको कारण पनि मतदाताको उत्साह एमालेमा देखिएको उनले सुनाईन् । ‘हामी निरन्तर घरदैलोमा हाम्रा एजेण्डा बोकेर पुगेका छौँ, उनले भनिन्, हाम्रा प्रतिवद्धता पत्रमा सबैको साथ देखिन्छ ।’

हरेक दिन २ देखि ३ सय घरहरुमा दैनिक पुग्ने गरेको अभियानमा सहभागी नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्