खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य-सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादेशको रिटमा अदालतले त्यस्तो आदेश दिन इन्कार गरेको हो । उच्च अदालत विराटनगरका न्यायाधीश दिनेश यादव र जगतनारायण प्रधानको आज बसेको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको प्रदेश नं. १ सरकारका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ । प्रदेश नंं १ सरकारको गत चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्य सचिवबाट हटाउने निणर्य गरेको थियो ।

उक्त निणर्य खारेजीको माग गर्दै पूर्व सदस्य सचिव बस्नेतले बैशाख १४ गते अन्तरिम आदेश मागसहित उत्प्रेषण परमादेशको रिट दायर गरेकोमा उच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । उक्त मुद्दामा निवेदक कृष्ण भनिने पर्शुराम बस्नेतको पक्षबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला, अधिवक्ताहरू शान्तिराम भण्डारी, नारायण वस्ती, राम भण्डारी र डिल्लीराम घिमिरेले बहस गर्नुभएको थियो ।

त्यस्तै, सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठ, डा.मेदनीप्रसाद सेढाईं, शिव आचार्य र कुमार भट्टराईले मुद्दाको प्रतिरक्षा बहस गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्