मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ ।

जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचार प्रसार अभियानलाई अघि बढाएको हो । मोरङको सिमावर्ती पालिकाहरुमा अधिकांश मधेशी आदिवासी समुदायको बसोवास रहि आएको छ । कटहरी, जहदा गाउँपालिका तथा सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा पहाडी, मधेशी, आदिवासी जनजातिलगायत समुदायको मिश्रित बसोबास छ ।

निर्वाचनमा आफनो पंक्षमा ल्याउन नेपाली कांग्रेसका उम्मेदवारहरुले विभिन्न ऐजेन्डा लिएर घरदैलो गरि रहेका छन । नेपाली कांग्रेस नेकपा एमाले,नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्रपार्टीलगायत दल चुनावमा होमिएका छन् । नगरपालिका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष साथै वडाध्यक्ष पदमा उम्मेद्वारी दिएकोहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आफनो उम्मेदवारलाई जिताउन बाजा गाजासहित मतदाता समेत उत्साहका साथ निर्वाचनमा होमिएका छन् । पाँच वर्षपछि हुन लागेको निर्वाचनमा आफनो पक्षमा जित लिन उम्मेदवारले ध्यान केन्द्रीत गरेका छन् । विकासका एजेन्डा लिएर मतदाताका घरघरमा पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले विकास निमाणर्देखि शिक्षा, स्वास्थ्य रोजगार जस्ता एजेन्डलाई अघि सारेको छ ।

रंगेली नगरपाकिलामा स्थानिय तहका निर्वाचनका लागी मेयर पद्धमा उम्मेद्वारी दिएका मोदराज घिमिरेले निर्वाचनको मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा खोलानालामा तटबन्ध रहेको बताए । उनले “रंगेली पूर्वकै एतिहासिक सहर भएकाले यसको विकासका लागि संघीय सरकारबाट थप बजेट उपलब्ध गराउन पहल गर्नेछु ।” आफू निर्वाचित भए मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेलीलाई स्मार्ट र ग्रिनसिटीको रुपमा विकास गर्न पहल गर्ने घिमिरेले सुनाए । गरिब र दलित समुदायका लागि स्वरोजगार तथा आयमुलक कार्यक्रम संचालन गर्ने उनले बताए ।

पुर्वी मोरङमा रहेको बक्राहा खोलाले सुनवर्षी र रतुवामाई नगरपालिकाकाका स्थानीयलाई बर्सेनि पिरोल्ने गरको छ । बाढीका कारण तटीय क्षेत्रका बासिन्दाहरुको उठिवास हुने गरेको छ । शिक्षा,स्वास्थ्य, पूर्वाधार तथा विकास निर्माणसँगै सुनवर्षी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका कांग्रेस उमेदवार यज्ञ कार्कीले बक्राहा खोलाको तटबन्धलाई पनि निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् । उनले भने,“बक्राहा खोलामा स्थायी तटबन्धन निर्माणको लागि केन्द्र सरकारसंग पहल गर्नेछु ।” कार्कीले समवृद्ध सुनवर्षी नगर बनाउन पूर्वाधार बनिसकेको र अब थप काम गर्ने उनले बताए ।

त्यस्तै धनपालथान गाउँपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । नेपाल भारत सिमासंग जोडिएको सो पालिकामा यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षमा पदमा नेपाली कांग्रेसका उम्मेदवारले विजय भएका थिए । बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी त्यो पालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । अध्यक्ष पदमा कांग्रेसको तर्फवाट जिवक्ष गच्छदारले उम्मेद्वारी दिएका छन् । उनले भने,“कृषिमा आधारित पालिका भएकाले कृषि यान्त्रीकरण र व्यवसायीकरणलाई महत्व दिनेछु ।” कृषिमा आमुल परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य पूर्वाधार र तटबन्धनको काम अघि बढाउने योजना सुनाए ।

इता, जहदा गाउँपालिकामा नेपाली कांग्रेको तर्फबाट उम्मेद्वारी दिएका जितेन्द्रप्रसाद साह जितुले गाउँपालिकाका गुणस्तरीय अस्पतालको निर्माण व्यवहारिक शिक्षाको विकासमा काम गर्ने बताए । कृषिक्षेत्रको विकास गर्न सहुलियतमा मलखादको व्यवस्था गराउन आफूले पहल गर्ने सुनाए ।

जहदा गाउँपालिकामा सन्थाल लगायत सबै समुदायको वसोवास रहेकाले उनीहरुको विकास र जीवनस्तर सुधार गर्न आय आर्यजनका कार्यक्रमसमेत अघि बढाउने बताए । नेपाली कांग्रेसले रंगेली नगरपालिकमा मेयर उपमेयर पदमा जसपासँग तालमेल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्