स्वास्थ्य वीमा निःशुल्क गर्ने घोषणा

स्वास्थ्य वीमा निःशुल्क गर्ने घोषणा

विराटनगर । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएकाभोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा निःशुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘नगरको सुविधा आफ्नालागि प्रयोग गर्दिन, वडावासीको स्वास्थ्यमा लगाउँछु ।’ वडाका हरेक योजना, कार्यक्रम वडावासीको हितमा हुनेगरी तय गरिने उनले बताए । ५ वर्षभित्रमा विराटनगरका वडाहरू मध्ये १२ नम्वरलाई नमूना बनाउने उनले दावी गरेका छन् । वडाभित्रका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि गर्ने बरालले बताए । वडाका सवै सडक कालो पत्रे गरिने, आधारभूत स्वास्थ्य सेवा वडाभित्र उपलब्ध गराईने, गरिवी निवारणको अन्त्य गरिने उनले बताए ।

बर्षायाममा डुवानको समस्या समाधानगरिने, पानीको निकासको प्रवन्ध गरिने, हरेक घर-घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने वडाध्यक्षका उम्मेदवार बरालले बताए । निर्वाचन नजिकिएसँगै जनलहर आफ्नो पक्षमा देखिदै गएको प्रतिक्रिया छ ।

विराटनगरको विद्वता फर्काउने गरी काम गर्छौं : सागर थापा
विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार सागर थापाले आफू विजयी भए विराटनगरको विद्वता फर्काउने गरी काम गर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद, मोरङले विहीवार विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा वुद्धिजीवीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विराटनगरको वौद्धिकता पलायन हुने क्रममा रहेको धारणा प्रकट गरे । यसअघि विराटनगरमा स्थानीय तहले वौद्धिकताको महत्व नबुझेको भन्दै उनले आफू विजयी भए बौद्धिक व्यक्तिहरूलाई महानगरमै रहेर वौद्धिक अभ्यास गर्नसक्ने वातावरण बनाउने उनले अठोट गरे । ‘काठमाडौंले जे गर्छ विराटनगरले त्यो एकदिन अगाडिनै सोच्ने गर्छ’ भन्ने छाप बनिसकेको विराटनगरको वौद्धिक हालत दयनीय रहेको भन्दै थापाले विराटनगरको गुमेको शाख फिर्ता गर्न सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।

परिषदका जिल्ला अध्यक्ष सोमराज थापाको अध्यक्षता भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा विभिन्न क्षेत्रमा आवद्ध रहेर नेकपा एमालेमा आस्था राख्ने बुद्धिजीवीलगायत सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूको कार्यक्रममा वृहत उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमाले विराटनगरको प्रतिबद्धता पत्र लेखन समितिमा रहेका नेपाल वुद्धिजीवी परिषदका केन्द्रीय सचिव यज्ञ शर्माले प्रतिबद्धता पत्रको विषयमा प्रकाश पारेको परिषदका जिल्ला सचिव डिल्ली पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्