बैशाख २७ देखि विराटनगरको रानी नाका सिल हुने

बैशाख २७ देखि विराटनगरको रानी नाका सिल हुने

विराटनगर । विराटनगरको रानी–जोगबनी नाका बैशाख २७ गतेबाट सिल हुने भएको छ ।

आसन्न स्थानीय निर्वाचनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै मतदान सम्पन्न नहुन्जेल रानी नाका सिल हुने भएको हो । मतदान स्थलमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति सीमा सिल गर्ने निर्णय गरिएको मोेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले औषधी÷उपचार लगायतका अत्यावश्यक कार्य बाहेक ओहोरदोहोर गर्न नमिल्ने गरी बोर्डर सिल गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मोरङ प्रशासनले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै बोर्डर सिल गर्ने निर्णय गरेको हो । भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्टे«टसँग मोरङ र सुनसरी प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्