विराटनगरको क्युएफएक्समा `डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस´ प्रदर्शनीमा

विराटनगरको क्युएफएक्समा `डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस´ प्रदर्शनीमा

विराटनगर । विराटनगरमा रहेको भाट भटेनीको पाचौँ तल्लामा संचालित क्यु एफ एक्स सिनेमा मा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

क्यु एफ एक्स विराटनगरमा नयाँ ३ चलचित्र प्रदर्शनमा आएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’, नेपालको ‘षट्कोण’ र ‘लक्का जवान’चलचित्र प्रदर्शनमा आएका हुन् । पहिलोपल्ट विराटनगरमा अत्मोस साउन्डको साथमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ प्रदर्शनमा आएको हो ।

३६० डीग्री रियल साउन्डको साथमा '३ डी' को आनन्द लिएर हलिउड फिल्म हेर्न विराटनगरमा पहिलोपल्ट क्यु एफ एक्स सिनेमा मा पाइने भएको छ । फिल्मको पहिलो भागलाई नेपालमा समेत छायांकन गरिएको थियो। भने दोस्रो सिक्वेलमा पनि नेपाली सम्पदा र हिमाल देख्न सकिन्छ । साथै सबैले रुचाइएको हलिउड फिल्म अभतार को ट्रेलर पनि डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस सँगै दर्शकहरुले हेर्न पाउने भएका छन् । अभतारको दोस्रो सिक्वेलमा "अभतार: द वे अफ वाटर " आगामी डिसेम्बर १६,२०२२ मा प्रदर्शन आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्