कहाँकहाँ छन् विराटनगरका मतदान केन्द्र : (विवरण सहित)

कहाँकहाँ छन् विराटनगरका मतदान केन्द्र : (विवरण सहित)

विराटनगर । आसन्न स्थानीय निर्वाचन अन्तर्गत विराटनगरका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नगरक्षेत्रभित्र कुल १४० वटा मतदान केन्द्र स्थापना गरेको छ ।

नगरक्षेत्रभित्रका विद्यालय, क्याम्पस तथा वडा समितिको भवनहरुमा कार्यालयले मतदान केन्द्र स्थापना गरेको हो । विराटनगरमा वडा अनुसार कुल १९ मतदानस्थल छन् । जसमा मतदाताको संख्याको आधारमा न्यूनतम २ देखि अधिकतम ११ वटासम्म मतदान केन्द्र स्थापना गरिएका छन् । वडा नंं. १ को मतदानस्थल पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय र तिनपैनीस्थित भुपालमानसिंह राधाकृष्ण माध्यमिक विद्यालयलाई तोकिएको छ । वडा नं. १ मा कुल ८ मतदान केन्द्र स्थापना गरिएका छन् ।

वडा नं. २ मा शङ्करपुरस्थित जनता माध्यमिक विद्यालय र शनिहाटस्थित विराट मा.विलाई मतदानस्थल तोकिएको छ । वडा नं. २ मा कुल ७ मतदान केन्द्र छन् । वडा नं. ३ को मतदानस्थल पुसेट क्याम्पसलाई निर्धारण गरिएको छ । क्याम्पसमा ११ मतदान केन्द्र छन् । यस्तै वडा नं. ४ को मतदानस्थल कञ्चनबारीस्थित आधारभुत विद्यालय हुँदा वडा नं. ५ मा भने कोचाखालस्थित पूरानो वडा कार्यालय र आधारभुत विद्यालयललाई मतदानस्थल तोकिएको छ ।

यस्तै, वडा नं. ६ मा शिक्षा सदन, ७ मा सत्यनारायण मा.वि, आदर्श मा.वि र बालिका मा.वि, ८ मा सप्तकोशी बोडिङ्ग स्कुल, ९ मा ट्राफिक चौकस्थित आन्तरिक राजश्व कार्यालय र ठाकुरबाडी रोडस्थित सरस्वती मा.वि, १० मा संसारी माईस्थानस्थित भानु आधारभुत विद्यालय, ११ मा जनपथ मा.वि तथा वडा नं. १२ मा महेन्द्र मोरङ क्याम्पसलाई मतदानस्थल तोकिएको छ । यसैगरि, वडा नंं. १३ मा सैनिक टोलस्थित बाल मा.वि, १४ मा स्नातकोत्तर क्याम्पस विज्ञान भवन (डिग्री क्याम्पस), १५ मा विद्या विकास आधारभुत विद्यालय, वडा समितिको कार्यालय र जनविकास मा.वि, १६ मा मिल्स एरियास्थित मिल्स मा.वि र १७ मा रानी मदरसा स्कुल तथा रघुपति आधारभुत विद्यालयलाई मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं. १८ का लागि खोक्साहास्थित जनता आधारभुत विद्यालय र बुधनगरको झटीयाहीस्थित जनक आधारभुत विद्यालय तथा वडा नं. १९ का लागि राजवंशी टोलस्थित सार्वजनिक मा.विमा मतदान केन्द्र निमार्ण गरि भोट खसाल्ने व्यवस्था मिलाईएको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाबाट ९७ पदका लागि कुल ७२१ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा भने कुल १ लाख ३३ हजार १४२ जना मतदाता मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्