विराटनगरमा आज एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगरमा आज एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगर । नेकपा एमालेले आज दिउँसो विराटटनगरमा चुनावी सभा आयोजना गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरसहित धरान, इटहरी र सुन्दरहरैंचामा चुनावी सभा आयोजना हुने भएका हुन् ।

विराटनगरको जैन भवनको भुनावी सभालाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । इटहरी, धरान तथा विराटनगरको सभापछि सुन्दरहरैँचामा कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ । एमालेका उम्मेदवार तथा नेता, कार्यकर्ताको उपस्थिति रहने सभा र भेलाको सबै तयारी पूरा भएको एमालेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्